खेलकुदलाई पूर्णता दिदै ITALY, COLLECCHIO बासि नेपालीहरु

corona ले साधिएको शरीरलाई अब खेलकुद बाट दुरुस्त बनाउदै !
 "COLLECCHIO HEALTH VISION "

collecchio मा भएका सम्पूर्ण खेलाडीहरु कर्मचारी भएको हुँदा उनीहरु काम गर्ने स्थान वा कम्पनिहरुमा कोरोन सम्बन्धित डाक्टर बाट नियमित चेकजाच भईरहेकोले  खेलखेल्न सहज भएको छ। 

CORONA को प्रभाबले लामो समय सम्म दैनिकी रोजगार पश्चात घर भित्र मात्र सिमित रहेका COLLECCHIO, PARMAका नेपाली समुदायका आम नेपालीहरु अहिले पुनः शारीरिक तन्दुरुस्तीका निमित्त सनिवार र आइतवार साथै हरेक दिन बिहान २ घण्टा आफुलाई ब्यायामको निमित्त समय दिने गरेका छन् ।  अबको नागरिक सचेत र सहज हुनुपर्दछ भन्ने धारान राख्दछन यहाका नेपालिहरु। अरुको देखेर मात्र हैन बास्तबिकतालाइ छोएर  महसुस गरेमा परिवार र समाजमा नया परिवर्तन हुन सक्ने बताउदछन ।  

साबिकको खेलकुद कार्यक्रम लाइ पूर्णता दियको मात्र हो। COLLECCHIO, PARMA  निवासी नेपालीहरुले बिगत २ वर्ष यता बालबालिका, महिला  देखि बृद्दसम्मले  ब्याड-मिन्टन , फुटबल , भलिवल र MORNING WALK मा केहि समय खर्चिने गरेको देखिन्छ।
 
NRNA इटालीबाट संचालन भएको फूटबल कार्यक्रममा सहभाही हुँदै आइरहेको र यो बर्ष फुटबल कार्यक्रमको कुनै योजना हाल सम्म तर्जुमा नभएको हुँदा दुख्ख लागेको समेत बताउछन खेलाडीहरु। फुटबल मात्र नभई भलिवलको साथै महिलाहरुको निमित्त ब्याड-मिन्टन जस्ता कार्यक्रम ल्याएर इटालीमा रहनुभएका महिला वर्गलाइ समेट्न सके अझ राम्रो हुन्थ्यो, एसमा गुनासो रहेको छ समेत बताउदछन। 

हरेक स्थानीय समाजमा शारीरिक तन्दुरुस्तको निमित्त नियमित अभ्यास भईरहे भोलिको दिनहरुमा सस्थागत आयोजना हुन नसकेको खण्डमा स्थानीय समाज आफैले आयोजना गरि एस्ता प्रकारका कार्यक्रमलाई खेलकुदको मध्यमबाट चाडपर्वको रुपमा समेत लिन सकिन्छ, किनकि खेलकुदले बिदेशमा रहेका नेपालीहरुलाई एक समयमा एकै ठाउमा भेला गर्न सकिने बताउदछन खेलाडीहरु।  

"स्वास्थ्य नै ठुलो सम्पति" हो ! १५० को हाराहारीमा छन् नेपालीहरु यहाँ।  सोमबार देखि सुक्रबार सम्म काममा केन्द्रित रहने र सनिवार-आइतवार खेलकुदलाइ समय दिन सके परिवार स्वस्थ माहोलमा रहनेछ । कामको थकानले कतिपय दिनहरुमा स्वदेसमा रहेका आफन्तलाइ समय दिन नसकेको तर नियमित ब्यायाम पश्चात शरीर तन्दुरुस्त र फुर्तिलो भएको कारणले हरेक दिन समय तालिका अनुसार दिन्चारिया बितेको हुँदा आफ्नो लागि  दैनिक ब्यायाम हुनु पर्ने बताउदछन नेपालीहरु। 

खेलकुदका केहि झलकहरु  - 
28 jun 2020 , volleyball
copador
sundar chhetri - captain
hemraj b.k.
prem pun
atmaram b.k
lokendra oli
marik tilija
bhojraj dhungel
dhurba shrestha
sange sherpa
angpasang sherpa
collecchio
nirjam purja - captain
kiran gharti magar
dorna chhetri
rajkumar chhantyal
santosh pun
paras karki
binod b.k.


Post a Comment

0 Comments