ABOUT US


चौतारी जनसेवा समाज

बिभिन्न जनजातिको सामुहिक बाक्लो बस्ति र समाजमा जब पनि देशको राजनैतिक हस्तछेप र स्वार्थ अनि एकल राजनितिले निम्त्याउने गरेको तराइ बन्दको कारण हजारौ बालबालिकाहरुले भोग्नु परेको शैक्षिक पिडालाइ  शैक्षिक परोपकार मार्फत समाजको शैक्षिक स्तरमा केहि हदै सम्म सुधार गर्न सकिन्छ भन्ने उद्देश्यले २०७२ साल पौष महिनाबाट सुरुगा नगरपालिका, श्रि जनता माद्यमिक बिद्दालय र नव ज्योति बोर्डिंग स्कुलको सहयोगमा शिशुवारी-१  सप्तरिबाट शैक्षिक परोपकार शुरु गरिएको थियो ।

गाउ समाजमा जब नव शिशुको जन्म हुन्छ उस्को हरेक इच्छाको पूर्ण ब्यबहारिक जिम्मेवारी आमा बुवा र परिवारको काँधमा आइपरेको हुन्छ । आर्थिक स्थिति र छुवाछुतले ग्रस्त समाज र टोलमा शिशुको स्याहार पौस्टिक आहार र प्राथमिक शिक्षा न्युन रुपमा रहेकोले परिवार जन तथा आमा बुवाले चाहेर पनि सम्पूर्ण पारिवारिक जिम्मेवारी निर्वाह गर्न सकिरहेको हुदैन यद्दपी बाल्यकालमै शारीरिक पूर्णता र शिक्षाबाट बन्चित हुने गर्दछन ।

आर्थिक भार समाजको मात्र समस्या नभई हाल देशकै चुनौती रहेको व्यहोरा हरेक नागरिकहरुमाझ सर्व बिधितै छ । यद्दपी परिवारबाट पालन /पोषण तथा शिक्षा र स्वस्थयबाट बालबालिकाहरु बन्चित भएको अवस्थामा सामाजिक सुरक्षा नीति अनुरुप टोल, छिमेक र समाजको अहम जिम्मेवारी हुन आउछ तसर्थ हाम्रो समाजमा भएका एस्ता विसंगति, अशिक्षित तत्वहरुबाट समाजलाई मुक्त बनाउन त्यसै समाजमा अबस्थित आर्थिक उपबर्गीय मानिसहरुले व्यक्तिगत वा सस्थागत तवरबाट समाजको शिक्षा र स्वास्थ्य को हितमा काम गर्नु पर्दछ । 

समाजका प्रत्यक व्यक्ति शिक्षित भएमा मात्र समाज शिक्षित रहने साथै विकास अनि उन्नति हुने हुँदा गाउँ समाजको औसत अनुरुप शिशु बाट १६ बर्ष सम्म अनिवार्य बिद्यालय जाने शैक्षिक कानुनको हितमा काम गर्न अनुरोध गर्न चाहन्छौ ।  

बाल शिक्षा कानुन अनुरुप बालबालिकाहरुलाई बिद्यालय जाने बातावरणको सिर्जना गर्न अनुरोध गर्न चाहन्छौ ।

यसै गरि गर्वाबती महिलाले भोग्नु परेको पिडा र नव शिशुको जन्म अस्पतालमा नभई घरमै हुने गरेको हुँदा शिशुको स्वास्थ्य र आमाको स्वास्थ्य सुरक्षा को निमित्त मुलक काम गर्न अनुरोध गर्दछौ ।



Post a Comment

0 Comments