हस्ताक्षर संकलनको लागि हार्दिक अपिल, NCC-NRNA Ireland नेपाल-भारत सिमा बिरोधमा

भारतले आफ्नो मनोमानी नेपालको भुमी कब्जा गर्दै हाल त्यही भुमिबाट सडक निर्माण गरि भारत-चीन ब्यपारिक नाका खोल्नुमा प्रयासरत भएको हामि सबैलाइ अवगतनै छ। नेपाल सरकारले आफ्नो भु-भाग लिम्पियधुरा, कालापानी र लिपुलेक समेटि नयाँ नक्सा पनि सार्बजनिक गरिसकेको छ र यो हामि सबैको गौरबको कुरा हो। यो नेपालको भुमी फिर्ता हुनुपर्छ भन्ने माग राखी अहिले नेपाल लगायत विश्व भरीबाट आम नेपालिहरु बिरोधमा उत्रिरहेका छौं ।

यसैबेला NCC-NRNA Ireland ले पनि आरल्यन्डको भारतिय दूतावासमा सोही माग राखी एक बिज्ञप्ति बुझाउदै , सोही बिज्ञप्तिसंग यहाँ आरल्यन्डमा बस्ने सबै नेपालीहरूको हस्ताक्षर सहितको आवोदन पनि बुझाई भारत सरकारलाई दबाब दिनको लागि यो हस्ताक्षर संकलन अभियान जारी गरिएको छ। यो हस्ताक्षर संकलन मिति यहि May 30 तारिख सम्ममात्र भएकोले यो तलको link बाटा जत्ती सक्दो चाडो आफ्नो हस्ताक्षर submit गर्नुहोला।

Instructions
Note: This form will be closed from the 30th of May.

Post a Comment

0 Comments