लकडाउनको समयमा तस्करलाई सघाएको पाइएपछि प्रदेश २ का चार जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ ।
आर्थिक लाभ लिएर भारततर्फ सामान ओहोरदोहोरमा सहयोग पुर्याएको प्रमाण फेला परेपछि उनीहरुलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी सहायक निरीक्षक राजाराम ठाकुर, प्रहरी हवल्दार विजय साह र चुनरमण चौरसिया र प्रहरी जवान अरुण तिवारीलाई निलम्बन गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए ।
यी चारै जना सर्लाहीको विष्णु गाउँपालिकास्थित बबाल दोहन प्रहरी चौकीमा कार्यरत थिए । उनीहरुले आर्थिक लाभ लिएर तस्करलाई सघाएको खुलेको उनले जानकारी दिए ।
प्रदेश प्रहरी कार्यालयले उनीहरुको विषयमा थप अनुसन्धान गरिरहेको छ ।
0 Comments
कृपया सुझाव सलाह को लागि जानकारी दिनुहोला धन्येबाद !